२ कार्तिक २०८३, सोमबार

‘मिस इको’मा भाग लिन रोनाली अमात्य इजिप्ट प्रस्थान

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अप्रिल १ देखि १५ सम्म इजिप्टमा आयोजना हुने ‘मिस इको इन्टरनेशनल २०१७’मा नेपालको प्रतिनिधित्व रोनाली अमात्यले गर्ने भएकी छन् । बिभिन्न नेपाली कलासंस्कृति सहित उनी शुक्रबार बिहान ८ बजे त्यसतर्फ प्रस्थान गरेकी छन् ।

८० देशका इको सुन्दरीहरुको सहभागिता रहने प्रतियोगिताका लागि नेपालबाट उनी एक्लो सहभागी हुन् । नेपालका लागि अधिकार प्राप्त संस्था ग्रीन आर्ट मिडियाले गत २४ डिसेम्बरमा आयोजना गरेको ‘मिस इको इन्टरनेशनल नेपाल २०१७’को अडिसनबाट उनी छानिएकी हुन् ।

छनौट चरणको अडिसनमा पूर्व मिस नेपाल तथा अभिनेत्री श्रृष्टि श्रेष्ठ, मिसन नेपाल अर्थ सुबेक्षा खड्का, अभिनेता मनोज आरसीलगायत निर्णायक रहेका थिए ।

नौ डिजाइनरले तयार पारेका करिब दुई दर्जन आकर्षक पहिरन सहित उनी प्रतियोगितामा सहभागी हुन लागेको ग्रिन आर्ट मिडियाका सिइयो प्रवीन लाकौलले बताए ।

कामनपा–११ की २१ बर्षीया रोनाली ‘मिस इको इन्टरनेशनल नेपाल २०१७’की बिजेता पनि हुन् । यही उपाधिले उनलाई अन्तर्राष्ट्रिय प्रतियोगिताको ढोका खोली दिएको हो ।

टुरिजम र बाताबरण विषयलाई मुख्य कार्यक्षेत्र बनाउँदै आएको ‘मिस इको इन्टरनेशनल’मा आफूले नेपाली कल्चरको प्रवद्धन गर्दै र टुरिजम र बाताबरणका बिषयमा बिशेष प्रस्तुति दिने रोनालीले बताइन् ।

प्रतियोगिताको शीर्ष उपाधि जित्ने उदेश्या सहित आफूले नेपालको प्रतिनिधित्व गर्न लागेको रोनालीले सुनाइन् ।

आवस्यक बिभिन्न प्रशिक्षण सहित रोनालीलाई प्रतियोगीतामा पठाउन लागेको ग्रिन आर्ट मिडियाकी निर्देशक अनिला श्रेष्ठले जानकारी दिइन् । रोनालीको ट्राभलिङ पार्टनर प्यारागन ट्राभल्स एण्ड टुर रहेको छ ।

यस अगाडि प्रतियोगितामा २०१५मा प्रिन्शा श्रेष्ठ र २०१६ मा नग्मा श्रेष्ठले नेपालको प्रतिनिधित्व गरेका थिए ।