१ कार्तिक २०८३, आइतबार

भारतीय सेनापतिलाई ग्रेटर नेपालको ज्ञापनपत्र, भूमि फिर्तादेखि कालापानीबाट सेना हटाउन माग

13.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ चैत । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले ‘हत्याराका सरदार’ भन्दै नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष विपीन रावतलाई भारतीय राजदूतावास मार्फत ज्ञापनपत्र बुझाएको छ ।

राजदूतावासको दर्ता नं. ९ रहेको मोर्चाको तीन बुद्धे ज्ञापनपत्रमा गोविन्द गौतमको हत्याको लगत्तै नेपाल भ्रमण गरेकोमा स्थल सेनाध्याक्ष प्रति तीब्र रोष प्रकट गरिएको छ । मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले भारतीय राजदूतावास पुगेर उक्त ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा नेपाल–भारत सम्बन्ध सौहार्दपूर्ण बनाउने भए सेनाध्यक्षले आफ्नो सरकारलाई सुगैली सन्धीमा गुमेको भूभाग नेपाललाई फिर्ता गर्ने, कालापानीबाट भारतीय सेना तत्काल फिर्ता गर्ने र भारतीय एसएसबीले हत्या गरेका गोविन्द गौतम लगायत सबै नेपालीका परिवारलाई प्रति व्यक्ति कम्तीमा भारु ५० लाख क्षतिपूर्ति संगै माफी माग्नुपर्ने माग सम्बोधन गर्न आग्रह गरिएको छ ।