२० कार्तिक २०८३, शुक्रबार

घरबेटीका छोराले गरे डेरामा बस्ने बालिकाको बलात्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

धनगढी, १७ चैत । धनगढी उपमहानगरपालिकामा एक बालिका बुधबार बलात्कृत भएकी छन् ।

घरमा आमा, बुबा नभएको मौका छोपेर बालिकालाई घरबेटीका छोरा १७ वर्षीय महेश्वर शर्माले बलात्कार गरेको आरोप रहेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईन्द्र मल्लले बताउनुभयो ।

रक्ताम्मे अवस्थामा फेला पारेकी ती बालिकालाई घरबेटीकी छोरीले अभिभावकको जिम्मा लगाएको बताईएको छ ।

स्वास्थ्य अवस्था नाजुक रहेकी बालिकाको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको महिला पुनःस्थापना केन्द्रकी बिनु रानाले जानकारी दिनुभयो । अभियुक्त शर्मालाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक मल्लले बताउनुभयो ।

यसैबीच पीडित पक्षले प्रहरी र अस्पताल प्रशासनको मिलेमतोमा घटनालाई ढाकछोप गर्न लागेको आरोप लगाउँदै सेती अञ्चल अस्पतालमा केही बेर धर्ना दिएका छन् । रासस