परासी, १७ चैत्र । मदन भण्डारी स्पोर्टस् एकेडेमीले परासी जिल्ला कमिटी गठन गरेको छ । स्पोट्र्स एकेडेमी लुम्बिनी अन्चल कमिटीको आयोजनामा आज बर्दघाटमा भएको प्रथम भेलाबाट मदन भण्डारी स्पोट्र्स एकेडेमि परासी जिल्ला कमिटी गठन गरिएको हो ।
सुवोध जागृत बुढाथोकीको अध्यक्षतामा गठित ३१ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षहरुमा रुद्रआले मगर, शुशिल गुरुङ, बृजेश पटेल, दलबहादुर चौधरी, सचिवमा दया दलार्मि मगर, सहसचिवमा धर्मेन्द्र अग्रहरी र कोषाध्यक्षमा जितेन्द्र पटेल रहनुभएको छ ।
कार्यक्रमकी प्रमुख अतिथि मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीले खेलाडिलाई सवै मिलेर प्रोत्साहन र सहयोग गर्नुपर्ने बताउनुभयो । स्वर्गिय जननेता मदन भण्डारी तथा राष्ट्रपति विद्यादेवि भण्डारीकी सुपुत्रि समेत रहेकी उषाकिरणले सवैको सहयोगबाट मात्रै खेलाडि अघि बढ्न सक्ने भन्दै खेलाडि अघि बढ्नु भनेकै राष्ट्रका लागि हुने बताउनुभयो ।
यस्तै मदन भण्डारी स्पोट्र्स एकेडेमिका केन्द्रीय अध्यक्ष एवँ सांसद विनोद श्रेष्ठले मुलुकको आर्थिक समृद्धिका लागि खेल क्षेत्रमा लगानी आवश्यक रहेको धारणा राख्नुभयो । युवालाई खेलक्षेत्रबाटै समेट्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । यस्तै अर्की सांसद सिन्धु जलेसाले मदन भण्डारी स्पोट्र्स एकेडेमि राजनितिक संगठन नभएकोले यस्ले पुराना खेलाडिलाई सम्मान र नयाँ खेलाडिलाई प्रोत्साहन गर्ने काम गरिरहेको भन्दै प्रसंसा गर्नुभयो ।
मदन भण्डारी स्पोट्र्स एकेडेमि लुम्बिनि अन्चल अध्यक्ष मेघराज भटराईको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमालेको श्रम तथा रोजगार विभागका केन्द्रीय सदस्य कमल गौतम, एमाले प्रदेश सदस्य गोमा आर्चाय, स्पोर्टस एकेडेमिका केन्द्रीय उपाध्यक्ष धुव्र आचार्य, एमाले परासी जिल्ला सहसंयोजक थानप्रसाद गैरे, युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य सुवास जिसी, एमाले रुपन्देहि जिल्ला सदस्य देवि घले, जिल्ला खेलकुद विकास समिति नवलपरासीका अध्यक्ष कुमार आले लगायतले पनि शुभकामना व्यक्त गर्नुभएको थियो । सो अवसरमा राष्ट्रिय खेलाडि प्रेम बहादुर नेपाली र रविन अधिकारीलाई सम्मान पनि गरिएको सांसद सिन्धु जलेसाले जानकारी दिनुभयो ।













प्रतिक्रिया