२ कार्तिक २०८३, सोमबार

कसले गर्यो धर्मको जिन्दगी सादा ? (भिडियो)

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १७ चैत । नवगायक धर्म विष्टको ‘जिन्दगी नै सादा भयो’ बोलको म्युजिक भिडियो युटुवमार्फत सार्वजनिक भएको छ । बिष्टले पहिलो पटक बजारमा ल्याएको यो गीतमा डबल बमको शब्द तथा डम्बर विकको संगीत रहेको छ ।

म्युजिक भिडियोमा चर्चित मोडल तथा नायिका नम्रता सापकोटा, महेश खड्का र नविन बिष्टले अभिनय गरेका छन् । प्रेम वियोगमा आधारित म्युजिक भिडियोको निर्देशन जीबी आग्रीले गरेका छन् । छायांकन अनिल के मानन्धरले गरेका छन् भने सम्पादन शिलन लम्सालले गरेका छन् ।

व्यवस्थापनको काम हेमन्त शिशिरले गरेका छन् । गायन क्षेत्रमा प्रवेश गर्दै गरेका बिष्टको म्युजिक भिडियोलाई काठमाडौंस्थित रागभिजन मल्टिमुभिज प्रालिले बजारमा ल्याएको हो ।