काठमाडौं, १७ चैत । प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग नेपालका लागि कतारी राजदूत युसुफ विन मोहम्मद अलहेलबीच भेटवार्ता भएको छ ।
सैनिक मुख्यालय जङ्गी अड्डामा भएको शिष्टाचार भेटमा प्रधानसेनापति क्षत्री र राजदूत युसुफबीच द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।












प्रतिक्रिया