सल्यान, १७ चैत । जिल्ला कारागार सल्यानमा खानेपानीको अभाव भएकोे छ । कारागारमा खानेपानी अभाव भएपछि कारागारका कैदीबन्दीहरुले गर्ने दैनिक क्रियाकलापमा प्रत्यक्ष असर पुगेको जेलर विक्रम केसीले जानकारी दिए ।
जिल्ला कारागार सल्यानमा गएको कात्तिक देखि धारामा पानी आएको छैन । ६ महिनादेखि धारामा पानी नआएपछि जिल्ला कारागारले दैनिक दुई ट्यांकर पानी किन्दै आएको जिल्ला कारागार सल्यानका जेलर केसीले बताए ।
“हामीले कैदी बन्दीहरुको लागी लुगा, धुन, नुहाउन, खाना पकाउन लगायतका कामका लागी महिनामा झण्डै २५ ट्यांकर खोलाको पानी र ५ ट्यांकर पिउने पानी किनिरहेका छौँ” जेलर केसीले भने– “अहिले महिनाको पानीको मात्रै ७५ हजार बराबरको खर्च आएको छ ।”
उनले यसरी पानी किन्दा समेत कैदीवन्दीलाई नपुगेको बताए । खानेपानी नियमित रुपमा धारामा नआएकोबारे सम्वन्धित निकायलाई आग्रह गर्दापनि विचविचमा पाइप फुटेको तथा मर्मत नगर्दा धारामा पानी नआएको भनेर पन्छिने गरेको उनले बताए ।
घ श्रेणीको जिल्ला कारागारमा अहिले ७० जना पुरुष, १५जना महिला र २ नाबालक गरि जम्मा ८७ कैदी बन्दीहरु छन् । ति मध्ये ६५ जना कैदी हुन भने वाँकी वन्दी हुन । कैदीवन्दि र कर्मचारी तथा सुरक्षाकर्मि गरी १ सय १० जनालाई पानी पु¥याउनै मुस्किल भएको जेलरले बताए । आवश्यकता भन्दा चारगुणा बढि कैदी हुदा त्यसको प्रत्यक्ष असर कैदीको खानपान र सरसफाइमा परेको कारागारका कैदीहरुले बताएका छन् ।
धारामा खानेपानी नआउदा एक रुपैयां लिटर तिरेर टयांकर बाट पानी बोकाउने गरेका छौं उनले भने –“के गर्नु पानी खुवाउनै प¥यो । उनले भने फाल्गुनदेखि उधारोमा पानी खुवाइरहेका छौँ कसरी तिर्ने हो थाहा छैन श्रोतपनि केहि छैन ।”
ट्यांकरबाट ल्याएको पानीले प्रयाप्त मात्रामा नुहाउन, कपडा छुन र ट्वाईलेटमा प्रयोग गर्ने समेत नपुग्ने गरेको २४ वर्षिय कैदी वर्षीय महेन्द्र थापाले बताए । धारामा पानी नआउदा ट्यांकरको पानी खान तथा नुहाउन प्रयोग भइरहेको छ ।
कैदी थापाले भने शुद्धिकरण नगरेको ट्यांकरको पानी पिउनुपर्दा साथीहरु विचविचमा विरामी हुन्छन् । उनले पटक पटक आग्रह गर्दा पनि सम्वन्धित निकायले खानेपानीको व्यवस्था नगरिदिएको गुनासो गरे ।












प्रतिक्रिया