काठमाडौं, १७ चैत । मजदुरको हत्या गरि फरार रहेका एक जनालाई केन्द्रीय अनसन्धान व्यूरोको टोलीले ११ महिनापछि पक्राउ गरेको छ ।
नुवाकोट साल्मे वडा नं. ५ बस्ने बिषमान भन्ने सेतेरोङ्ग तामाङ्गलाई प्रहरीले हिजो बालाजुबाट पक्राउ गरेको हो । उनले गोर्खा छेपेटार घर भई काठमाडौंमा ज्यामी काम गर्ने अन्दाजी ५० वर्षका श्यामबहादुर मगरको ज्याला रकम विवादमा घाँटी रेटेर हत्या गरेका थिए । तामाङले मगरको हत्या काठमाडौं तारकेश्वरको कमेरे खोलामा गरेका थिए ।












प्रतिक्रिया