२० कार्तिक २०८३, शुक्रबार

एम्बुलेन्समा कपडा तस्करी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– आकाश देबकोटा

नेपालगन्ज, १७ चैत । विरामी ओसारपसार गर्ने एम्बुलेन्समा भारतबाट कपडा तस्करी गरेको पाइएको छ । सशस्त्र प्रहरीले ठुलो परिमाणको कपडासहित नेपालगञ्जबाट एउटा एम्बुलेन्स नियन्त्रणमा लिएपछि बिरामी बोक्ने एम्बुलेन्समा कपडाको तस्करी गरेको सार्वजनिक भएको छ ।

भारतको लखनउ, बहराईच लगायतका स्थानमा विरामी पुर्याएर फर्कनेक्रममा एम्बुलेन्समा सामानको तस्करी हुने गरेको भेटिएको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महेन्द्रनगर बाँकेको टोलीले नेपालगञ्जको परस्पुरबाट भे १ च ८३० नम्बरको एम्बुलेन्स बुधबार राति नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी नायब निरिक्षक अमृतबहादुर कठायत नेतृत्वको टोलीले १९८ वटा लेहङ्गा साडीसहित एम्बुलेन्स नियन्त्रणमा लिएको हो । सो सामान नेपालगञ्जका व्यवसायी कमलसिंह क्षेत्रीको रहेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार भन्सार कार्यालयको मुल्यांकन अनुसार कपडाको मुल्य एकलाख ४८ हजार रुपिया रहेको छ ।