एजेन्सी । कुनैपनि दृश्यलाई क्यामरामा उतार्न त्यति सजिलो छैन । रोमान्टिक होस् वा इमोशनल, एक्शन वा बलात्कार दृष्य । कैयौं पटक यस्तो दृष्यका लागि अभिनय गर्नेक्रममा कोही घाइते भएका र आफ्नो को–स्टारसंग झगडा भएका रेकर्डहरु पनि छन् ।
प्रेम चोपडासंग पनि यस्तै एक घटना घटेको छ । एक बलात्कार दृष्यका लागि प्रेम चोपडाले हिरोइनको गाली खानुपर्यो । यो प्रसङ्ग हो ७० दशकको । जुन फिल्मका लागि बलात्कार मुख्य हिस्सा थियो । उनले हिरोइनसंग भिलेनको भूमिकामा बलात्कार र जबरजस्ती गर्ने भूमिका थियो ।
तर, एक फिल्मको सुटिङका क्रममा बलात्कार गरेको दृष्य उतार्ने बेला उनलाई हिरोइनल साथ दिइनन्, जुन दृष्य उनका लागि निकै भारी पर्यो । दृष्यमा प्रेम चोपडाले पछाडिबाट आएर हिरोइनलाई दबाएर आफ्नो सामू तान्नु थियो । उनले यस्तो पनि गरे । तर, हिरोइनले कुनै एक्सप्रेशन नै दिइन् । जोर–जबरदस्तीको रिएक्शन निर्देशकले खोजेका थिए । तर, उनले त्यो दृष्य पाउन सकेनन् ।
प्रेम चोपडाले हिराइनले किन एक्सप्रेसन दिइनन् भनेर जान्ने कोशिस गरिरहेका थिए । जसरी भएपनि सुटिङ भयो । तर पनि हिरोइनले हिरोले आफूमाथि बल जबरजस्ती तरिकाले दबाएको र चोट समेत लागेको गुनासो निर्देशकलाई गरिदिएकी थिइन् । निर्देशकले हिरोइनलाई सम्झाउने कोशिस गरे तर उनी सुटिङ नसकिँदै छोडेर गइन् । हिरोइन्ले प्रेम चोपडासंग बदला लिने सोचिरहेकै दिइन् ।

अर्को दिनको सुटिङमा भने हिरोइन् सुटिङमा आइन् त सुटिङका लागि तयार भइन् । दृष्यमा हिरोइनले भिलेन प्रेम चोपडालाई थप्पड हान्नुपर्ने थियो । हिरोइनलाई त्यही बेला बदला लिने मौका मिल्यो । सुटिङ सुरु भएपछि हिरोइनले प्रेम चोपडालाई निकै जोरले गालामा थप्पड हानिन् । जसले गर्दा प्रेम चोपडाको शिर निहुरिएको थियो । प्रेमले सो कुरा निर्देशकलाई भने । निर्देशकले पनि हिरोइनले तिमीमाथि बदला लिएको जानकारी दिए ।















प्रतिक्रिया