काठमाडौं, १७ चैत । एमाले पार्टी र भातृ संगठनहरू संविधानअनुसार संघीय संरचनामा गइसके पनि युवा संघ नेपाल अहिलेसम्म पुरानै संरचनामा छ ।
युवा संघले संविधान अनुसार आफ्नो संगठन संरचना बनाएको छैन । युवा संघको अध्यक्ष भएपछि १६ महिनामा केन्द्रीय समिति बैठक राखेर महाधिवेशनको मिति तोक्दै सार्दै आएका अध्यक्ष राजीव पहरीले अहिलेसम्म महाविधेशनका लागि उपसमिति समेत गठन गरेका छैनन् । साँघु साप्ताहिकले समाचार छापेको छ ।
आगामी २०७४ वैशाख ९ देखि १२ गतेसम्म तोकिएको महाधिवेशन पनि स्थानीय तहको निर्वाचनको कारण हुन नसक्ने भएको छ । स्थानीय चुनाव पहरीका लािग पद लम्ब्याउने अस्त्र बनेको छ ।
उनले ५० भन्दा बढी जिल्ला अधिवेशन नै नगरेकाले पनि उनी महाधिवेशनको पक्षमा नरहेको देखाउँछ, युवा संघका एक नेताले भने, ‘पहरी पोखरा लेखनाथ महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनाउने सर्तमा अध्यक्ष छाड्ने भन्दै मोलमोलाईमा छन् ।
तर, कास्की एमालेले उनलाई मेयरका लािग सिफारिस नै गर्ने अवस्था नरहेको समाचार छ । पोखरामा कृष्ण थापा लगायतका वरिष्ठ र लामो योगदान भएका नेताहरू नै मेयरका उम्मेदवार हुन् ।












प्रतिक्रिया