२ कार्तिक २०८३, सोमबार

सांस्कृतिक कार्यक्रमका लागि राजेश पायल नाइजेरिया पुगे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

नाइजेरिया । नेपाली नयाँ वर्ष २०७४ को शुभ अवसरमा आगामी अप्रिल १ तारिखमा हुने कार्यक्रमको लागि राजेश पायल राई नाइजेरिया पुगेका छन् ।

उनलाई स्वागत गर्न लेगोस विमानस्थलमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापा, एनआरएनए नाइजेरियाका सचिव रोशन थापा तथा सदस्य सागर श्रेष्ठ पुगेका थिए ।

गायक राईले विश्वका धेरै मुलुक भ्रमण गरेपनि अफ्रिकी मुलुक नाइजेरियाको उनको पहिलो भ्रमण हो । सांस्कृतिक कार्यक्रममा उनले आफ्ना नयाँ तथा पुराना चर्चित गीत गाउने छन् । उनले नाइजेरियामा रहेका सम्पूर्ण नेपालीलाई कार्यक्रममा उपस्थित भएर आफूलाई साथ दिन आग्रह समेत गरेका छन् ।

उनी नाइजेरिया पुगेपछि त्यहाँस्थित नेपाली समुदाय खुशी भएका छन् । उक्त कार्यक्रममा राजेश पायल राई साथमा स्थानीय नेपाली तथा अफ्रिकी कलाकारहरुले पनि नेपाली र स्थानीय भाषामा गीत र नृत्य प्रस्तुत गर्ने छन् ।