१ कार्तिक २०८३, आइतबार

पेरुले उरुग्वेलाई २–१ ले स्तब्ध बनायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन, १६ चैत । विश्व कप छनोटअन्तर्गत दक्षिण अमेरिकी समूहतर्फको खेलमा पेरुले उरुग्वेलाई २–१ गोलले स्तब्ध पारेको छ ।

अंक तालिकामा ब्राजिलपछि दोस्रो स्थानमा रहेको उरुग्वे आठौं स्थानमा रहेको पेरुसँग पराजित भएपछि तेस्रो स्थानमा झरेको हो । चौथो स्थानको चिलीसँग २३ अंकको बराबरी भएपनि गोल अग्रताका कारण उरुग्वेमाथि परेको छ ।

कार्लोस सान्चेजको गोलमा ३० मिनेटमा भ्रमणकारी उरुग्वेले पहिलो गोलको अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन् । ३५ मिनेटमै पावलो गुइरेरोले गोल फर्काउदै पहिलो हाफको खेललाई १–१ को बराबरीमा पुगाएका थिए । ६२ मिनेटमा इडिसन फ्लोरेसले अनमार्क रहेको अवस्थामा डिबक्स भित्रबाट स्तरीय गोल गरे ।

विश्व कप छनोटमा सर्वाधिक ९ गोल गरिरहेका इडिन्सन काभानी र लुइस सुआरेजले खेललाई बराबरीमा फर्काउने थुप्रै प्रयास गरेका थिए । त्यो सफल हुन सकेन् । उरुग्वेले ६४ मिनेटमा जोनाथन उरेटाभिस्काभालाई दुईवटा पहेँलो कार्डका कारण गुमाएको थियो । – एजेन्सी