काठमाडौं, १६ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरी अस्वस्थ्य भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा सोमबार साँझ मन्त्री गिरीलाई भर्ना गरिएको हो । मन्त्री गिरीलाई निमोनिया भएको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् । मन्त्री गिरीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको जनाइएको छ ।
राप्रपाका नेता समेत रहेका मन्त्री गिरीको स्वास्थ्य अवस्थाका विषयमा उपप्रधान एवम् स्थानीय विकासमन्त्री कमल थापाले मंगलबार बिहान अस्पताल पुगेर जानकारी लिएका छन् ।
गिरीको स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिन राप्रपा अध्यक्ष समेत रहेका थापा ओम अस्पताल पुगेका थिए ।











प्रतिक्रिया