१४ कार्तिक २०८३, शनिबार

पूर्वराजाका नातिको बिहीबार व्रतबन्ध, यसरी हुँदैछ तयारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । निर्मल निवासमा भ्याई नभ्याई छ । भोलि बिहीबार पूर्वराजा ज्ञानेन्द्रका नाति हृदयेन्द्रको व्रतबन्धका लागि स–परिवार व्यस्त छन् ।

एक महिना अघिदेखि निर्मल निवासमा व्यापक तयारी भइरहेको समारोहमा पूर्वराजाले आफ्नो सम्बन्ध विस्तार गर्न राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वराष्ट्रपति रामवरण यादवदेखि संवैधानिक अंगका प्रमुख, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख, पूर्वउपराष्ट्रपति, उपप्रधानमन्त्री, विभिन्न दलका नेतालगायतलाई निम्तो दिएका छन् ।

२४ गते होटल सोल्टीमा हुने विशिष्ट अतिथि, अतिथि र विदेशी प्रतिनिधिलाई दुई थरी कार्ड वितरण गरिएको छ ।

विदेशी नियोगका पाहुनाहरूलाई साँझ साढे ५ बजेदेखि साढे सात बजेसम्म समय तोकिएको छ । नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ ।

१५ वर्ष उमेर पुगेका हृदयेन्द्रको ब्रतबन्धको निम्तोमा पूर्वराजा ज्ञानेन्द्र, रानी कोमल, पूर्वयुवराज पारस र पूर्वयुवराज्ञी हिमानीले संयुक्त कार्ड वितरण गरेका हुन् ।