मुम्बई । भारतीय कमेडियन शो ‘द कपिल शर्मा शो’ अहिले बन्द हुन्छ कि भन्ने अवस्थामा पुगिसकेको छ । सुनिल ग्रोबरलगायतका चर्चित कलाकारहरु बाहिरिएपछि ‘शो’ यस्तो स्थितिमा पुगेको हो । कपिल शर्माको शो नयाँ भाग सुनिल ग्रोबर, चन्दन र अली असगर बिना खल्लो बन्यो ।
यूट्यूबमा राखिएको नयाँ भागलाई जतिले लाइक गरेका छन्, त्यो भन्दा चार गुणा बढीले अनलाइक गरेका छन् । पुराना कलाकारहरुको अनुपस्थितिकै कारण ‘शो’ गिरेको हो ।
दर्शकलाई मनोरञ्जन दिनका लागि कपिलको शो मा राजु श्रीवास्तव, अहसान कुरेशी र सुनील पाल प्रस्तुती राखेका थिए । तर, दर्शकले डाक्टर मशुर गुलाटीको अभाव खट्केको महशुस गरे ।
युटुबमा राखिएको भिडियोमालाई ८,६९९ मानिसले लाइक गरेका छन् भने २९,२०८ मानिसले डिसलाइक गरेका छन् । अर्थात २९ हजार बढीले शो मन पराएनन् ।
















प्रतिक्रिया