काठमाडौं, १५ चैत । विद्यार्थी संगठनहरूको आन्तरिक विवादका कारण स्थगित भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनअन्तरगत आज मतदान हुँदैछ ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा निर्वाचन गराउन सर्वोच्च अदालतले आदेश दिएको थियो । आदेशसँगै आज स्ववियुको नयाँ नेतृत्वका लागि मतदान हुन लागेको हो ।
आरआर क्याम्पसमा आज मतदान हुने तयारी भएपछि उच्च सुरक्षा सर्तकता अपनाइएको छ ।
नेविसंघ, अखिल क्रान्तिकारी, एमाले निकट अनेरास्ववियुबीच विवाद हुँदा निर्वाचन कार्यक्रम प्रभावित भएको थियो ।















प्रतिक्रिया