२ कार्तिक २०८३, सोमबार

प्रेमीलाई धोका दिएर अर्को पुरुष रोजेकी केकीले खाइन् यसरी धोका

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नायिका केकी अधिकारीले अभिनय गरेको ‘खेलौना हैन म​’ बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । जसमा केकीले अहिलेसम्मकै दमदार भुमिकामा अभिनय गरेकी छिन् ।

जीवनमा आँफुले राजेको पुरुषसँग विबाह गर्न असमर्थ केकीले भोग्नु परेको अप्ठ्यारो र पाएको धोकालाई जीवन्त शैलीमा निर्देशक युबराज वाईबाले सामान्य कथा तर गम्भिर विषय सहित उठान गरेका छन् ।

जसमा केकीलाई मोडल अनिल थापाले अभिनयमा साथ दिएका छन् । गायक संजय तुम्रोकले आफ्नो जीवनमा नै सर्वाधिक अपेक्षा गरेको भनिएको गीतका शब्द गीतकार डिपी खनालका हुन् ।

चोक गुरुगंले संगीत भरेको गीतको छायांकन उत्सब दाहालले गरेका छन् भने निशान घिमिरेले सम्पादन गरेका छन् । भिडियोलाई भाईब्स क्रियशनले बजार ब्यबस्थापन गरेको छ ।