मुम्बई, १४ चैत । आफ्नो मधुर आवाजमार्फत गायिका अल्का याग्निकले कैयौँ वर्षसम्म स्रोताको मनमा राज गरे कि छिन् । हिन्दी, नेपाली, भोजपुरी, तमिललगायत थुप्रै भाषामा गीत गाएकी अल्का याग्निक गुमनाम सरह छिन् ।
उनले गाएका थुप्रै नेपाली गीतहरू अहिले पनि स्रोता दर्शकले उत्तिकै मन पराउँछन् । नेपाली स्रोताको मनलाई उनले दशक अगाडि नै जितेकी हुन् ।
बीबीसीसँग गरेको विशेष कुराकानीका क्रममा गायिका अल्का याग्निकसँग सोधिएको एक प्रश्नको जवाफमा भनिन्, ‘अहिले मुम्बईमा छु । घर मै लुकेर बसेकी छु । मिडियासँग डर लाग्छ । मेरो पूरा जीवनमा यति धेरै इन्टरभ्यू दिए कि अब म नै थाकि सकेकी छु ।’
कोलकाताको एक मध्यमवर्गीय परिवारमा जन्मिएकी गायिका अल्का याग्निकको जन्म जन्म २० मार्च १९६६ मा कोलकातामा भएको थियो ।
यति लामो समय फिल्म दुनियाँमा बिताएपछि आएको परिवर्तनका बारेमा उनी भन्छिन्, ‘आजको समयमा संगीतका कारण गीतहरूको स्टाइल बदलिएको छ । मेलोडी अब थोरै सुन्नपाइन्छ । रीमिक्स र आइटम गीत अब ज्यादा सुन्न पाइन्छ । यसकारण आजका दिनहरू धेरै अलग छन् । त्यही कारण यो क्षेत्रमा टिक्न समस्या भएको छ ।’
उनले भने कि छिन्, ‘रियलिटी शोका कारण थुप्रै कलाकारलाई मौका मिलिरहेको छ । तर, संगीतको क्वालिटी राम्रो छैन ।’ अल्का याग्निकले गीतसंगीतप्रति आफू अझै पनि आशावादी रहेको भन्दै भनिन्, ‘आउने दिनहरूमा अरु राम्रा मेलोडीवाला गीतहरू अवश्य आउने छन् ।’
अल्का याग्निकले सुपरस्टार अमिताभ बच्चनको फिल्म ‘लावारिस’मा ‘मेरे अंगने में तुम्हारा क्या काम है…’ गाएकी थिइन् । यो गीत जबरदस्त हिट भएको थियो ।
मुम्बईमा संघर्ष गरिरहेका बेला सन् १९८९ मा फिल्म ‘तेजाब’मा गाएको गीत ‘एक दो तीन…’बाट उनलाई असली सफलता मिलेको थियो । त्यसपछि उनले पाश्र्वगायिकाको रूप आफ्नो पहचान बनान सफलता पाइन् ।
अल्का याग्निकले ‘मेरे अंगने में तुम्हारा क्या काम है…’ गीतलाई स्मरण गर्दै भनिन्, ‘जब यो गीत गाएको थिएँ, त्यस बेला कुनै अन्दाज थिएन की यो गीत गाएर एउटा पहिचान मिल्छ भन्ने । कल्याण जी आनंद जीले गीत हिट भएपछि तिम्रो नाम ‘अंगना याग्निक’ हुनुपर्छ भनेर जिस्काउनु हुन्थ्यो । अल्का याग्निकले त्यो गीत रिहर्सलका रुपमा गाएकी थिइन् ।
अल्का याग्निक भन्छिन्, ‘त्यो बेला व्यक्तिहरू आफ्नो कामको दमका आधारमा अगाडि बढ्थे । तर, आजकाल नयाँ सिंगरलाई मिडियाले रातारात स्टार बनाइन्छ ।’
‘जो इच्छा थिएन त्यो पनि पूरा भयो । अब जिन्दगीमा जे पाइन्छ त्यसलाई सरप्राइजका रुपमा लिनुपर्छ । मैले जे सोँचेका थिएन त्यो पाएको छु’, गायिका अल्का याग्निकले आफ्नो अन्तर्वार्ताका क्रममा भने कि छिन् ।
कुनै पनि गीतको आफ्नो लाइफ हुने गरेको बताएकी अल्का याग्निकले गीत पपुलर हुनु छ भने त्यो कुनै पनि हालतमा हिट भएरै छाड्ने बताइन् ।















प्रतिक्रिया