काठमाडौं । गायक तथा संगीतकार गोविन्दमधुर आचार्य यस वर्षको ‘नारायण पाण्डे दोहोरी प्रतिभा पुरस्कार’बाट पुरस्कृत भएका छन् ।
काठमाडौंमा आयोजित विशेष कार्यक्रममा गायक अचार्यलाई राप्ती अञ्चलकै प्रतिष्ठित पुरस्कार प्रदान गरिएको हो । आचार्यसँगै यो पुरस्कार पाउनेमा लोकदोहोरी गायिका देवकला बस्नेत पनि छिन् ।
गीतसंगीतको क्षेत्रमा पुर्याएको यागदानको कदरस्वरुप ‘नारायण पाण्डे दोहोरी प्रतिभा पुरस्कार’ आफूले पाएको गायक आचार्यले बताए । भने, ‘मैले गीतसंगीतमा पुर्याएको योगदानको कदरस्वरुप यो पुरस्कार पाएको हुँ । सम्मानित पुरस्कार पाउँदा खुसी छु ।’
यो पुरस्कार लोकदोहोरीका साथै गीतसंगीतमा विशेष योगदान दिएका युवापस्तालाई दिइँदै आइएको छ । राप्तीका थप्रै स्रष्टाले यो पुरस्कार पाइसकेका छन् ।
लोकदोहोरी, आधुनिक र फिल्मका गीतमा स्वर एवम् संगीत दिँदै आएका आचार्यले काठमाडौंमा विगत १५ वर्षदेखि गीतसंगीतको क्षेत्रमा विताएका छन् । उनी भन्छन्, ‘गीतसंगीतमा लागेकै १५ वर्षभन्दा बढी भइसके छ । अझै पनि यसैमा सिक्दैछु । गीतसंगीतप्रतिको मेरो मूल्यांकन गरेर पुरस्कार दिइएको होला ।’
गायक आचार्यलाई नगद पाँच हजारसहित ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको थियो । यो पुरस्कार हरेक वर्ष राप्ती समाजले विशेष कार्यक्रम गरेर प्रदान गर्ने गर्छ ।















प्रतिक्रिया