२ कार्तिक २०८३, सोमबार

सन्थाल जातीको ‘बोनोदल’ दश उत्कृष्ठमा पर्न सफल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सन्थाल जातीको विषयमा निर्माण भएको पहिलो चलचित्र ‘बोनोदल’ले भारतको झारखण्डमा सम्पन्न फिल्म फेस्टिबलमा ५ सय ६० चलचित्रहरूमा सेलेक्टेड १० फिल्ममा आफूलाई सहभागी बनाएको छ ।

सन्थालको बाहुल्य रहेको झापाकोे कल्टु गाउँमा छायांकन गरिएको फिल्म ‘बोनोदल’ हेरेपछि जुरीले निर्देशक लगायत फिल्मको तारिफ गरे । फिल्म सेलेक्टेड १० मा परे लगत्तै युवा निर्देशक किरण खतिवडाले आफूले पाएको यो हौसलाले अझै थप जोस र जागर थपेको बताए ।

झारखण्डको यो फिल्म फेस्टिवल पनि अन्तर्राष्ट्रियस्तरको भएको उनले बताए । क्षेत्रीय चलचित्र र म्युजिक भिडियोको अनुभव खतिवडाले यसमा उतारेका छन् । भारत पलायन हुँदै गएका यो समुदायको संरक्षणका लागि चलचित्र बनाएको खतिवडाले बताए ।

सुनील हस्दा र कविता बास्केको मुख्य भूमिका रहेको चलचित्रलाई जोना किस्कु र देवान टुडुले सन्थाली भाषामा अनुवाद गरेका हुन् ।

सन्थाल समुुदायका सांसद मोहन टुडु, देवान टुडु, राजन बास्के, निस्पक्टर मुर्मु, बलराम हेमरम, रीता सोरेन मीना टुडु लगायतको समेत अभिनय ‘बोनोदल’मा रहेको छ ।