१४ कार्तिक २०८३, शनिबार

अब पुरुषहरूले पनि नर्स पढ्न र बन्न पाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, १४ चैत । पछिल्लो समय पुरुषहरूले समेत नर्समा भर्ना हुन पाउनुपर्ने भन्दै नेपाल नर्सिङ संघलाई आग्रह गर्ने गरेका छन् ।

अन्तर्राष्ट्रिय बजारमा नर्सको माग बढेको र लैंगिक समानताका कारण पनि नर्स पेसातर्फ पुरुषहरुको आकर्षण बढेको हो । नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ ।

अहिले नेपालभर ४० जना पुरुष नर्सहरू विभिन्न अस्पतालमा काम गरिरहेको नर्सिङ संघको तथ्यांकमा उल्लेख छ । जुन महिलाको तुलनामा निकै कम हो ।

बिरामीको सेवा गर्न पुरुषहरू पनि उत्तिकै इच्छुक देखिएकाले पुरुष नर्सको जनशक्ति उत्पादन गर्न संघले काउन्सिलमार्फत सरकारसँग माग गरेको छ ।