२ कार्तिक २०८३, सोमबार

अमिताभ बच्चनकी हिरोइनको निधन, जसले सर्जरी गरेर स्तन घटाएकी थिइन्

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउडकी हट र प्लेब्वाई ‘बनी’ को नामबाट परिचित कैटी मिर्जाको अघिल्लो हप्ता निधन भएको छ ।

६७ वर्षीया कैटीले अन्तिम स्वास लण्डनस्थित आफ्नै निवासमा लिएकी थिइन् । कैटीले अमिताभ बच्चन–राखी गुलजार स्टारर फिल्म ‘कसमे वादे’ मा अहम भूमिका निभाएकी थिइन् । उनले त्यहि बेला सर्जरी गरेर आफ्नो स्तनको आकार घटाएकी थिइन् ।

कैटी मिर्जाको जन्म एडीनमा भएको थियो । उनका पिता इनकम टैक्स कमिश्नर थिए । १९६० मा उनका परिवार यूके बसाई सरेका थिए । कैटीले ग्राफिक्स डिजाइनिङ्ग कोर्ससमेत गरेकी थिइन् ।

उसैबीच १७ वर्षको उमेरमा उनले मोडलिङ्ग सुरु गरेकी थिइन् । लण्डन हिल्टन नामक होटलमा कैटी रिसेप्शनिस्टको रुपमा काम गरिरहेकी थिइन् । त्यहीबेला प्लेब्वाय क्लबका एक कर्मचारीले उनलाई देखेर मोडलिङ्गमा अवसर दिएका थिए । उनी १९७३ मा प्लेब्वाय ‘बनी’ को नामबाट चर्चित भएकी थिइन् ।