२ कार्तिक २०८३, सोमबार

तमिल संगठनको दबाबमा रजनीकान्त, किन जान दिइएन् श्रीलंका ?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । साउथ इन्डियन अभिनेता रजनीकान्त अहिले तमिल संगठनहरुको दबाबमा छन् । सुपरस्टार रजनीकांत एक आवास योजनाका उद्घाटनका लागि श्रीलंका जाने तयारी गरिरहेका बेला तमिल संगठनहरुले उनलाई रोक लगाएको छ । उनीहरुले उनको निर्णयलाई पुनर्विचार गर्न सल्लाह दिएका छन् ।

यसै सल्लाहलाई मानेर रजनीकान्तले पनि आफ्नो श्रीलंका यात्रा रद्द गरेका छन् । उनले माझीहरुको मुद्दाका बारेमा पनि श्रीलंकाका राष्ट्रपतिसंग भेट गर्ने समय पनि मागेका थिए ।

लिंका प्रोडक्शंसद्वारा आयोजित हुने कार्यक्रममा रजनीकान्त संबोधन गर्ने तयारीमा थिए । उनी राष्ट्रपति मैत्रीपाला सिरीसेनासंग माझीहरुको मुद्दाका बारेमा चर्चा गर्नका लागि निकै उत्सुक थिए ।

रजनीकान्तको दौडधुपको बिरोध गर्ने पार्टीमा विधुथलाई चिरुथाइगल कटची र तमिझागा वाजवूरीमारी कटची शामिल छन् । यी दलहरुले रजनीकान्तलाई यात्रा रद्द गर्न आग्रह गरेका थिए । साथै ९ अप्रिलमा सो यात्रामा गएमा तमिल समुदायको समर्थन गमाउने चेतावनी पनि दिएका छन् ।

शनिवार जारी गरिएको बयानमा ६६ वर्षीय अभिनेताले यसअघि आफू तमिल बसिरहेका नयाँ ठाउँ पनि देख्ने र जहाँ आफ्नो लागि अलग राष्ट्रको माग लिने उद्देश्यले यात्रा तय गरेको बताएका छन् । उनले भनेका छन्, ‘म श्रीलंकाका राष्ट्रपति मैत्रीपला सिरीसेनालाई भेटेर तमिलनाडुका माझीमाथि भएको हमलाको बारेमा चर्चा गरेर समाधान गर्न चाहन्थेँ ।’ उनले आफू नेता नभई कलाकार भएको प्रतिक्रिया पनि दिएका छन् ।