२ कार्तिक २०८३, सोमबार

कपिललाई टक्कर दिन सुनिलले गरे नयाँ ‘शो’ घोषणा, पुरानै भूमिकामा देखिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । कपिल शर्मासंगको मनमुटाबका कारण ‘द कपिल शर्मा शो’ बाट केही दिन अघि मात्रै अलग्गिएका सुनिल ग्रोवरले नयाँ शो घोषणा गरेका छन् ।

उनले कार्यक्रमको पोस्टर समेत सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् । उनीसंगै ‘द कपिल शर्मा शो’ मै काम गरेका किकू शारदा ‘बम्पर’ पनि देखिएका छन् ।

उनीहरु दुबै जना पुरानै भूमिकामा देखिने छन् । सुनिल ग्रोवरले कार्यक्रमको नाम ‘डा. मशहुर गुलाटी कमेडी क्लिनिक’ राखेका छन् । उनको कार्यक्रममा अन्य कुन कलाकार रहने भन्ने खुलाइएको छैन । कार्यक्रम आउँदो अप्रिल १ तारिखमा दिल्लीको तालकटोरा स्टेडियममा हुनेछ ।