१ कार्तिक २०८३, आइतबार

कांग्रेसको कार्यसमिति बैठक सानेपामा बस्दै, निर्वाचनको तयारी गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत । नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक अवस्था, स्थानीय तहको निर्वाचन तयारी र अन्य विविध विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

ललिपुरको सानेपास्थित कांग्रेस मुख्यालयमा अहिले केही समयपछि शुरु हुने बैठकमा स्थानीय तहको निर्वाचनका विषयमा नेताहरूले धारणा राख्ने छन् । लामो समयपछि बस्न लागेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह आक्रामक रुपमा प्रस्तुत हुने तयारी गरेको छ ।

सभापति शेरबहादुर देउवाले पार्टीलाई एकलौटी रुपमा चलाएको भन्दै पौडेल समूहले केन्द्रीय कार्यसमितिको बैठक बोलाउन पटक–पटक दबाब दिँदै आएको थियो । पौडेल समूहले अलग बैठक बोलाउने चेतावनी दिएपछि देउवाले कार्यसमिति बोलाएको एक नेताले बताए ।

कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले स्थानीय तहको निर्वाचनका विषयमा स्पष्ट धारणा बनाउनेबारेमा केही ठोस निर्णय हुने बताए । उनले भने, ‘चुनाव आइसक्यो त्यसकैको तयारीमा छलफल केन्द्रित हुन्छ । राष्ट्रिय राजनीतिका विषयमा पनि नेताहरूको धारणा आउनेछ ।’