मुम्बई । बलिउड टेलिभिजनकी चर्चित अभिनेत्री शिल्पा सिन्देले आफूलाई निर्माता सञ्जय कोहलीले यौनदुरव्यवहार गरेको आरोप लगाएकी छिन् । उनको यो आरोपपछि बलिउड तरंगित भएको छ ।
‘भाभिजी घर पर हैं’ सिरियलमा काम गरिसकेकी शिल्पा सिन्देले निर्माता सञ्जय कोहलीमाथि यौन र मानसिक उत्पीडनको आरोपमा प्रहरीमा उजुरी दिएकी छिन् ।
पालघर जिल्लाको वाल्वी प्रहरीमा शिल्पा सिन्देले यौन उत्पीडनको आरोपपत्र दर्ता गराएको जनाइएको छन् । शिल्पा सिन्देले भनिन्, ‘निर्माता सञ्जय कोहलीले मलाई तिमी मेरो ध्यान राख, म तिम्रो ध्यान राख्नेछु भने । उनले तीन–चार पटक मलाई अंगालो मारेर संवेदनशील स्थानमा समेत छोए ।’
अभिनेत्री शिल्पा सिन्देले यौन उत्पीडनको उजुरी एक वर्षपछि गरेको विषयमा भने आफू विरामी परेको उल्लेख गरेकी छन् । उनले आर्टिस्ट एशोसिएसनमा यौन उत्पीडनका बारेमा जानकारी दिएकी थिइन् ।
निर्माता सञ्जय कोहलीले आफूलाई अभिनेत्री शिल्पा सिन्देले लगाएको यौन शोषणको आरोपमा कुनै सत्यता नरहेको दाबी गरेका छन् । – एजेन्सी















प्रतिक्रिया