१ कार्तिक २०८३, आइतबार

औषधि व्यवसायी संघ बागमतीको साधारणसभा: २०३५ सालको ऐन परिवर्तन गर्न माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत नेपाल औषधि व्यवसायी संघ बागमती अञ्चल शाखाको साधारणसभा राजधानीमा सम्पन्न भएको छ ।

ललितपुरस्थित स्टाफ कलेजमा भएको साधारणसभाको औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले गर्नुभएको थियो ।

कार्यक्रममा उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, औषधि उत्पादक संघका उपाध्यक्ष दीपक दाहाल, फार्मेसी परिषदका अध्यक्ष केशवध्वज जोशी, नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठ, नेपाल प्रहरीको लागू औषध ब्यूरोका निमित्त प्रमुख एसएसपी धीरु बस्न्यात, औषधिगत बिक्री प्रबन्धक संघका अध्यक्ष सुरजीत दत्तलगायतले शुभकामना दिनुभयो ।

कसले के भने ?

नारायणप्रसाद ढकाल (औषधि व्यवस्था विभागका महानिर्देशक)

– २०३५ सालको औषधि ऐन संशोधन गर्दैछौं । यसअघि पनि दुईपटक सामान्य संशोधन भएका छन् । धेरै परिवर्तन गर्न जरुरी छ ।
– औषधिमा आत्मनिर्भर हुनुपर्छ । तर, त्यसका लागि राष्ट्रिय उद्योगको प्रबद्र्धन गर्न जरुरी छ ।
– औषधि व्यवसायीले नाफा लिनुपर्छ । तर, त्यसको सीमा हुनुपर्छ । नाफा कमाउन सरकारले प्रोत्साहित गर्छ ।

दीपक दाहाल (औषधि उत्पादक संघका उपाध्यक्ष)

– नेपालमा उत्पादित औषधिहरु जुनसुकै देशमा लगेर ल्याबटेस्ट गराउनुस्, कमजोरी पत्ता लगाउन च्यालेन्ज गर्छौं ।
– विश्वमा भारत र नेपालले मात्रै औषधिको मूल्य निर्धारण गर्छ । व्यवसायीले मूल्य निर्धारण गर्न नपाउने बिडम्बना हो ।

हरिभक्त शर्मा (उद्योग परिसंघका अध्यक्ष)

– औषधि व्यवसायमाथि सरकारको अनावश्यक निगरानीले उद्योगमा लगानीको वातावरण अझै बनेको छैन ।
– औषधि व्यवस्था विभागमा दक्ष जनशक्ति छैन । विभागको सबै व्यवस्थापन लथालिंग छ ।

मृगेन्द्रमेहर श्रेष्ठ (नेपाल औषधि व्यवसायी संघका अध्यक्ष)

– औषधि व्यवसायमात्रै पारदर्शी व्यवसाय हो । तर, सरकारले अनावश्यक चासो र निगरानी बढाउ“दा व्यवसायी पलायन हुने अवस्थामा छौं ।

निरञ्जनप्रसाद रिसाल (संघका बागमती अध्यक्ष)

– सरकारले व्यवसाय गर्ने वातावरण बनाउनुपर्छ । अहिले व्यवसायीमाथि चौतर्फी आक्रमण भएको छ ।