२ कार्तिक २०८३, सोमबार

नेपालमा लागू आफ्नो परियोजनाबाट फुटबल स्टार मेस्सी खुशी

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । विश्वमै चर्चित फुटबल स्टार लियोनल मेस्सीले आफ्नो फाण्डेशनको सहयोगमा नेपालमा हेल्थ सेन्टर निर्माणको काममा भइरहेको प्रगतिबारे खुशी व्यक्त गरेका छन् ।

मेस्सीले सामाजिक सञ्जाल फेसबुकमा निर्माणधिन हेल्थ सेन्टरहरुको फोटो राखेर खुशी व्यक्त गरेका हुन् । मेस्सीको लियो मेस्सी फाउण्डेशन र युनिसेफको सहयोगमा नेपालमा भूकम्प भत्किएका स्वास्थ्य संरचनाहरुको पुर्ननिर्माणको काम गरिरहेको छ । साथै नयाँ स्वास्थ्य केन्द्र निर्माण कार्य पनि गरिरहेको छ ।

मेस्सीले मेस्सीले फेसबुक पेजमार्फत तीन वटा हेल्थ सेन्टर बनिसकेको र बाँकी ११ वटा बन्नेक्रममा रहेको समेत उल्लेख गरेका छन् ।