२ कार्तिक २०८३, सोमबार

गायन मै फुरुङ्ग छिन् गायिका पूजा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लोक तथा दोहोरी गीत गायनमा राम्रो पहिचना बनाइ सकेकी गायिका पूजा पुरीले गीतसंगीतकै क्षेत्रमा अझै धेरै गर्न बाँकी रहेको बताएकी छिन् । भन्छिन्, ‘गीतसंगीतकै क्षेत्रमा लागियो । यही क्षेत्रमा केही गरौँ भने कि छु ।’

लोक तथा दोहोरी गीतहरूमा स्वर दिँदै आएकी पूजाको स्वरमा पनि मिठास छ । ‘लोक तथा दोहोरी गीत गाउँदा फरक दुनियाँमा पुगे जस्तो अनुभव हुँन्छ’, उनले भनिन्, ‘यो क्षेत्रमा मैले धेरै राम्रो गर्नुपर्छ । संघर्ष गर्न अझै बाँकी छ ।’

गायिका पूजाको स्वरमा रहेको सालैजो भाकाको लोक दोहोरी गीतले पाएको चर्चाबाट उनी फुरुङग छिन् । ‘सालैजो गीत आफैमा चलेको भाका हो’, उनले भनिन्, ‘हामी पश्चिमेली गायिकाका लागि गाउन पनि सहजिलो हुन्छ नै ।’

‘माछी चर्ने खोलीको लेउमा, आउन माया बस न छेउमा…’ बोलको यो गीतको शब्द र लय चन्द्र बस्नेतको हो । पूजासँगै ऋषि खड्काले पनि स्वरमा साथ दिएका छन् ।

आफैले स्वर दिएको सालैजो गीतको म्यूजिक भिडियोमा पूजाले अभिनय गरेकी छिन् । नाचगानमा उत्तिकै राम्रो गर्न सक्ने क्षमताकी पूजाले भनिन्, ‘नाच्न अलिअलि आउँछ । म्युजिक भिडियोमा पनि नाचेकी छु ।’