१ कार्तिक २०८३, आइतबार

साइनिङ सनलाई सिंगल वोमनको साथ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । साइनिङ सन फुटबल टिम, कैलालीलाई सिंगल वोमन ह्यान्डिक्राफ्ट इन्टरप्राइजेजले प्रायोजन गरेको छ ।

ललितपुरका बुद्धि विकास मण्डल मैदानमा बिहीबारदेखि सुरु भएको दोश्रो नेपाल कप भेट्रान फुटबल प्रतियोगितामा सहभागिताका लागि साइनिङ सनलाई नगद र खेल सामाग्रीसहित करिब २ लाख २५ हजार रुपैयाँ बराबरको प्रायोजन सिंगल वोमनले गरेको हो । त्यसमा १ लाख नगद र १ लाख २५ हजारको खेल सामाग्री रहेको बताइएको छ ।

सिंगल वोमनकी निर्देशक संगीता अधिकारीले साइनिङ सनका कप्तान भरत थापालाई सो बराबरको प्रायोजन बिहीबार हस्तान्तरण गरिन् ।

११ टिम सहभागी नकआउट नेपाल कप भेट्रान फुटबलमा साइनिङ सन वाइ पाउदै सोझै क्वाटारफाइनलमा प्रवेश गरिसकेको छ । साइनिङ सनले फागुन १४ गते नाइट किङ र ४० प्लस फाउन्डेसनबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।