काठमाडौं । चलचित्र पत्रकारको रुपमा ख्याति कमाएका शान्तिप्रिय पछिल्लो चरणमा एकपछि अर्को गीत लेखनमा सफलता पाउँदै गएका छन् । अहिले उनले लेखेको चलचित्र छक्का पञ्जाको ‘देखन चम्पा सुनन चम्पा’ गीतबाट समेत चर्चित छन् ।
शान्तिप्रियले चाँडै नै ल्याउन लागेको गीति एल्वमका लागि एकपछि अर्को गीत प्रकाशनमा ल्याउने क्रममा एल्बमको दोश्रो गीत ‘म त माया नफापेको मान्छे ‘को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । ‘म त माया नफापेको मान्छे’ बोलको गीतको भिडियो नेपालकै पहिलो महिला सिनेमाटोग्राफर सवनम मुखीयाले निर्देशन गरेकी छन् । भिडियोमा केहि चलचित्रमा अभिनय गरिसकेकी अभिनेत्री अनामिका चौलागाईले मुख्य भूमिका निर्वाह गरेकी छिन् ।
अनामिकाको साथमा माधव पौडेल, सुमन खतिवडा, निशा थापा आदिले भिडियोमा अभिनय गरेका छन् । गीतलाई बाबुराम नेपालीले खिचेका छन् भने राजीव बलामीले कोरीयोग्राफी गरेका हुन् । निर्देशक सवनम मुखियालाई शान्त बहादुर तामाङले सहायक निर्देशक भइ सघाएका थिए । भिडियोको सम्पादन अरुण शर्माले गरेका हुन भने कलर सम्योजन टेकेन्द्र शाहले गरेका छन् ।
शान्तिप्रियको शब्दमा रहेको यो गीतका संगीतकार सन्तोष श्रेष्ठ रहेका छन् भने गायिका अञ्जना गुरुङ्गले स्वर दिएकी छिन् । गीतको एरेञ्जर सुदीप सागर रहेको यस गीतलाई मिक्सीङ भोला पौडेलले गरेका छन् । छायाछबी क्रियशनले आफ्नो युट्युव मार्फत भर्खरै भिडियो सार्बजनिक गरेको छ । अब चाडै नै एल्वम लिएर आउने गीतकार शान्तिप्रियले बताए । यस अघि प्रमोद खरेलले गाएको गीत म त माया गर्ने मान्छे को केहि अघिमात्र भिडियो सार्वजनिक गरिएको थियो ।
भिडियोः















प्रतिक्रिया