२ कार्तिक २०८३, सोमबार

राम लामाको गीत ‘मेरो बदनाम’ बजारमा (हेर्नुस् भिडियो)

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकामा रहेर आफ्नो व्यबसायमा संलग्न राम लामा अविनाशी द्वारा रचित भावनात्मक शब्द ले भरिएको ‘मेरो बदनाम’ बोलको गीत श्रब्य दृश्य सहित बजारमा आएको छ ।

कर्णप्रिय आवाजका धनी गायक एंव संगीतकार यम बराल को गायन र संगीत रहेको सो गीतमा राजेन्द्र चापागाँई , सिरू बिष्ट र प्रिती मोक्तानको शस्क्त अभिनय रहेको छ । भाबनात्मक शव्दले भरिएको सो गीतमा शंकाले गर्दा आत्मिय सम्बन्धमा कसरि दरार आउनसक्छ भन्ने कुरा लाई देखाईएको छ ।

विदेशमा रहेका नेपालीहरू आफ्नो मातृभाषा प्रति सजग छन् भन्ने कुरालाई राम लामा अविनाशीले प्रमाणीत गर्न खोजेका छन् ।

परदेशमा व्यवसायमा व्यस्त रहदा रहदै पनि गितकार राम लामा अविनाशीले झण्डै एक दर्जन गित तथा दुई दर्जन कविता रचना गर्न भ्याई सकेका छन् ।

पत्रकारितामा समेत सकृय अविनाशीका थुप्रै समसामयिक लेख रचना प्रकाशित छन् । अमेरिकाबाट संचालीत विआरटी नेपाल अनलाईन का प्रवन्ध निर्देशक समेत रहेका राम लामा अविनाशी अमेरिका नेपाल चेम्वर अफ कर्मशका उपाध्यक्ष समेत हुनुहुन्छ ।

युवा निर्देशक दिपेश दहाल द्वारा निर्देशित सो गीत को छायांकन शिव पँगेनी ले गरेका हुन । भूपेन्द्र अघिकारीले दृश्य सम्पादन गर्नु भएको सो गीतमा कलरिड़को काम रेनिश फाभ ले गर्नुभएको हो ।

रेड कलर स्टुडियो पानीपोखरी प्राविधिक सहयोग मा निर्माण गरिएको सो गीत को यूटुव प्रर्वदन द स्काइज मूभिज ले गर्दै छ भने नेपाल का प्राय सबै टेलिभिजन मार्फ़त पनि हेर्न सिकने छ । यूवा पुस्ताका लोकप्रिय गायक यम बराल को गायन रहेको प्रेम र विछोडको कथा बस्तुलाई समेटिएको सो गीतले आमर्दशकहरू को मन छुने अपेक्षा गर्न सकिन्छ ।

हेर्नुस् भिडियोः