मुम्बई । भारतीय कमेडियन कपिल शर्माले माफी मागेपनि सुनिल ग्रोबरले ‘द कपिल शर्मा शो’ छोड्ने निर्णय गरेका छन् । कपिलले गत शनिबार अष्ट्रेलियाबाट फर्किने क्रममा बिमानमा आफ्ना सहकर्मी सुनिल ग्रोभरमाथि हातपात गरेका थिए ।
जसले अहिले गम्भीर रुप लिएको छ । आफूमाथि भएको हातपातकै कारण सुनिल ग्रोवरले शो छोड्ने निर्णय गरेका छन् । सोमबार हुने सुटिङमा पनि सुनिल उपस्थित भएनन् । सोमबार राति कपिल शर्माले फिल्म ‘नाम शबाना’ को टीमसंगको सुटिङका लागि सुनिललाई फोन गरेर बोलाएपनि उनी आएनन् ।
अली र चन्दन पनि शो छोड्दै
कपिल शर्मा र सुनिल ग्रोवरबीच भएको झगडा भएसंगै अर्का कलाकार चन्दन प्रभाकर र अली असगरले पनि शो छोडने तयारी गरेका छन् । ग्रोबरसंगै चन्दन र अली पनि उपस्थित नभएपनि सोमबार हुने भनिएको सुटिङ पनि स्थगित भएको थियो ।
कपिलले सुनिल र चन्दनलाई फोन कैयौं पटक फोन गरेका थिए । सहकर्मीले छोडेपछि अहिले कपिल दुःखी भएका छन् ।
शोका सिद्धुले पनि सुनिल र चन्दनलाई फोन गरेर शोमा उपस्थिती हुन आग्रह गरेका थिए । सिद्धुले असमझदारीको विषयमा छलफल गर्नुपर्ने भन्दा पनि उनीहरुले मानेका थिएनन् । सनिलले उल्टै सिद्धुसंग फोनमा कुरा गर्दै दिल्लीमा व्यक्तिगत रुपमा भटौंला भन्ने प्रतिक्रिया दिएका थिए ।
त्यस्तै, कपिलका तर्फबाट शो कि क्रिएटिभ हेड प्रीति सिमोसले चन्दनसंग फोनमा कुरा गरेकी थिइन् । उनले पनि शोमा आफू नोकर भएको र आफूले आफ्नो औकात पनि बुझेको भनेर फोन राखेका थिए ।
















प्रतिक्रिया