२० कार्तिक २०८३, शुक्रबार

अछामको बुढिगंगा नदीमा पहिलोपटक सम्भाव्यता अध्ययनका लागि जल यात्रा

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम, ९ चैत । अछाम जिल्लाकोे बुढिगंगा नदिमा पहिलो पटक सम्भाव्यता अध्ययनका लागि जल यात्रा गरिएको छ । मष्टो आउटडोर्स प्रालिको आयोजनामा जलयात्रा गरेर सम्भाव्यता अध्ययन गरिएको हो ।

साँफेबगरको पक्की पुल देखि, बैजानाथ धाम, जिउराडी हुँदै चित्रे पुलसम्म टोलिले सम्भाव्यता अध्ययन गरिएको थियो । ‘अछाम जिल्लाको बुढी गंगा नदीमा जलयात्राको प्रचुर सम्भावना रहेको छ,‘ सम्भाव्यता अध्ययनको नेतृत्व गर्नु भएका पर्यटन ब्यवशायि रमेश बहादुर कुँवरले भन्नुभयो– ‘जल यात्राका माध्यमले स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न सकिन्छ ।’

सम्भाव्यता अध्यन पूर्णरुपमा सफल भएको भन्दै उहाँले निकट भविष्यमै व्यवसायिक रुपमा बुढीगंगा नदीमा जलयात्रा संचालन गरिने बताउनु भयो । उक्त सम्भाव्यता अध्यनमा सहभागि नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष वेदप्रकाश तिमिल्सैनाले भने ‘अछाम जिल्लामा रहेको जल यात्राको प्रचुर सम्भावना रहेछ अब यसको प्रवर्द्धन गर्न सवैले हातेमालो गर्न जरुरी छ । यस्ता गतिबिधि बढाउन स्थानीय सरकारले माष्टर प्लान बनाएर अगाढी बढ्न जरुरी छ । अछाम जिल्लामा बाह्य र आन्तरिक पर्यटन प्रबर्द्धनकालागि जल यात्रा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने देखिन्छ ।’

चार घण्टा लामो जल यात्राका दौरान आफूहरु निकै रोमाञ्चित भएको सहभागिहरुले बताएका थिए । जल यात्रा सम्भाव्यता टोलिमा रेडियो रामारोशनका अध्यक्ष एकिन्द्र कँुवर, कार्यकारी निर्देशक वेदप्रकाश तिमिल्सैना, अन्य संञ्चारकर्मी, स्थानियको सहभागिता रहेको थियो ।