काठमाडौं, ८ चैत । विद्युतीय कार्ड किर्ते गरि बैंकबाट करोडौं रकम चोरी गर्ने गिरोह पक्राउ परेको छ । अपराध महाशाखाका प्रहरी नायव उपरीक्षक अजय केसीको कमाण्डमा खटिएको अनुसन्धान टोलीले सो गिरोहमा संलग्न ८ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा योजनाकार दोलखाका सुरेश केसी, भारतको खलनउका अभिषेक पाण्डे, दुई वर्ष अघि बैंकिङ्ग कसुरमा कार्वाही भोगेका ललितपुरका केवलप्रताप जबरा, काठमाडौं क्षेत्रपाटीका अनुज नकर्मी, सोही ठाउँकै अभिषेक नकर्मी, रोमन मर्जन छन् ।
त्यस्तै, काभे्र घर भई पौरानिक थान्का तथा माला सप्लायर्स, भक्तपुरका संचालक विजय लामा दोङ, र भारत नयादिल्ली घर भई डि–सोभिनियर, क्षेत्रपाटीका संचालक नदिम खान पनि पक्राउ परेका छन् ।
विभिन्न बैंकबाट प्वाइनट अफ सेल मेसिन लिएर विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका सञ्चालनकहरुको मिलेमतोमा सो गिरोहले रकम चोरी गर्दै आएका थियो ।
उनीहरुले डेविट कार्ड, क्रेडिट कार्ड, सेकुरेटी कार्ड, प्रिपेड कार्ड र ब्याल्यांक कार्डको किर्ते गरि रकम चोरी गर्दै आएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि महानगरीय नगरिय प्रहरी परिसरमा पठाइएको छ ।
हालसम्म उनीहरुले रकम निकालेका स्थान
हालसम्म गिरोहले २ वर्ष अगाडि नयाँ दिल्लीको ४ वटा कपडा पसलबाट भारु ३ लाख, र नेपालको कास्की, पोखरास्थित टिका रिसोर्टबाट रु. २ करोड निकालेकाको खुलेको छ । त्यस्तै, एक वर्ष अगाडि काठमाडौं क्षेत्रपाटीस्थित डिसोभिनियरबाट रु.३० लाख, नौं महिना अघि काठमाडौं चावहिल स्थित चाँदनी ज्वैलर्सबाट रु.४७ लाख, तीन महिना देखि पौरानिक थान्का तथा माला भक्तपुरबाट रु. ४५ लाख र १५ दिन अगाडि काठमाडौं महाराजगंज स्थित लिक्वायर कम्पनीबाट रु.४ लाख निकालेको प्रहरी अनुसन्धानबाट फेला परेको छ ।
भावी योजना के थियो ?
गिरोहले चोरी गर्ने भावी योजना पनि बनाएको खुलेको छ । जसअनुसार काठमाडौंस्थित सिटी सेन्टरमा रहेको एडिडास सोरुमबाट स्वाइपर मेसिनको माध्यमबाट प्रत्येक दिन १० लाख निकाल्ने र विभिन्न क्यासिनोहरुमा रहेको स्वाइपर मेसिनबाट पनि प्रत्येक दिन ५० लाखसम्म निकाल्ने योजना बनाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया