बारा, ८ चैत । बारा क्षेत्र नं ६ का सांसद पुरुषोतम पौडेलले सबै मिलेर देशको विकासमा लाग्नुपर्ने कुरामा जोड दिनुभएको छ ।
उहांले एमालेले मात्र जनताको चाहना अनुसार विकास गर्ने हुँदा अगामी बैशाख ३१ गते हुने स्थानिय निर्वाचनमा एमालेलाई जिताउन आग्रह गर्नुभएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका १८ भारती टोलमा रहेको पुलको शुभारम्भ गर्दै उहांले सो कुरा बताउनुभएको हो ।
बैशाख ३१ ग्ते स्थानिय तहको निर्वाचन हुने र सो कार्यमा एमालेको जित सुनिश्चित भएको दाबी समेत गर्नुभएको छ । उहांले संविधान संसोधनको रटान छोडेर निर्वाचनमा आउन मधेसवादि दललाई आग्रह गर्नुभयो ।
सागर भारतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले प्रदेश नं. २ का सदस्य सिता गुरुङ्ग, एमाले बाराका प्रचार विभाग प्रमुख मनोज पौडेल, पुर्व गांउ कमिटि अध्यक्ष अर्जुन दहाल, सचिव प्रेम यादब, कृष्ण भारती, स्व. मिठुराज भारतीका पत्नि उषा भारती लगाएतले बोल्नुभएको थियो ।
यसैगरी सांसद पौडेलले बेल्दारीमा रहेको दलित भवन, मनहर्वाको श्रीपुरमा रहेको १० लाख लागतको कल्भर्ट र कलैया उपमहानगरपालिका अन्तरगत मझैलीयामा रहेको नेरा प्राविको कम्पाउण्ड वालको समेत शुभारम्भ गर्नुभयो ।
सो अवसरमा उहांले बारा जिल्लाको क्षेत्र नं. ६मा विकासको लहर सुरु भएको बताउनुभयो ।













प्रतिक्रिया