२० कार्तिक २०८३, शुक्रबार

मधेसको समस्या राजनीतिक होइन् प्रशासनिक होः रघुजी पन्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– आकाश देवकोटा

बाँके, ८ चैत । नेकपा एमालेका पोलिटव्यूरो सदस्य रघुजित पन्तले मधेसको समस्या भनेको राजनीतिक समस्या नभई प्रशासनिक समस्या रहेको बताउनुभएको छ ।

प्रेस चोतारी नेपालले आज नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरिएको पत्रकार सम्मेलनमा पोलिटव्युरो सदस्य पन्तले सप्तरीमा भएको घटनालाई उदृद्ध गर्दै नेता पन्तले सप्तरीमा मधेसी मोर्चा र प्रहरीबीच भएको झडप मधेसीले आतंककारी शैलीमा झडप गरेको बताउनुभयो ।

राजनीतिक वातावरण बनाउन निर्वाचन आयोग तयार रहेपनि नेपाली काँगे्रस र माओवादी केन्द्रले निर्वाचनमा जान खुट्टा कमाइ रहेको उहाँले बताउनुभयो । जनताहरुको मन जित्न सफल भएको एकमात्र पार्टी नेकपा एमाले अबको देशको विकासका लागि पहल गर्ने बताउनुभयो ।

एमालेले जनताप्रतिको विश्वास र एकता मेची महाकाली अभियानले देखाएको उहाँको भनाई छ । नेपालमा सयौ दल छन जुन सवैदलले निर्वाचनमा भाग लिन्छन भन्ने छैन उहाँले भन्नुभयो । पहिलो निर्वाचनमा पनि सवै दलले भाग नलिएको उहाँले जानकारी गराउनुभयो ।

दुई तीन दलले निर्वाचनमा भाग नलिदैमा निर्वाचन नरोकिने उहाँले जिकिर गर्नुभयो । पत्रकार सम्मेलनमा एमाले जिल्ला कार्यसमिति बाँकेका अध्यक्ष अशोक कोइराला, सचिव रत्न खत्री लगायतको सहभागिता रहेको थियो ।