२० कार्तिक २०८३, शुक्रबार

नेपाली सेनाले थाल्यो निःशुल्क घुम्ती सघन स्वास्थ्य शिविर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । स्वास्थ्य मन्त्रालय तथा नेपाली सेनाको समन्वयमा आजदेखि रौतहटको गौरमा नेपाली सेनाको मोवाईल अस्पताल प्रयोग गरी ‘पहिलो निःशुल्क घुम्ती सघन स्वास्थ्य शिविर’ सञ्चालन भएको छ ।

स्वास्थ्य शिविर नेपालको तराई भू–भागस्थित पिछडिएका, विपन्न र स्वास्थ्य सेवाको पहुँच भन्दा टाढा रहेका विशेष गरी महिला वर्गलाई लक्षित गरि सञ्चालन गरिएको हो ।

सोही क्रममा जिल्ला अस्पताल रौतहटमा उपचार हुन नसकी वीरगञ्जस्थित क्षेत्रिय अस्पताल रिफर गर्न लागिएकी करकच कर्मैया २ निवासी वीरेन्द्र साहकी गर्भवती श्रीमती ३५ वर्षीया सुखियादेवीको सल्यक्रिया गरिएको छ ।

शिविरमा सेनाका बलाध्यक्ष रथी पूर्णचन्द्र थापा, मध्य पृतनाका पृतनापति, रथीवृन्द, स्वास्थ्य मन्त्रालयका प्रतिनिधी, अन्य सुरक्षा निकायका प्रमुखहरु, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधी लगायत स्थानीय सञ्चारकर्मीहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

शिविरबाट यस प्रकारको कार्यबाट गैह्र सैनिक व्यक्तिहरुलाई स्वास्थ्य सेवामा थप मद्दत पुग्ने सेनाले विश्वास गरेको छ । शिविर १४ गतेसम्म सञ्चालन हुने नेपाली सेनाले जनाएको छ ।