२ कार्तिक २०८३, सोमबार

द कलजे एम्बेसडरको उपाधि सरोजा र सारंशलाई

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘द कलेज एम्बेसडर २०१७’को उपाधि सारंश बिक्रम शाह र सरोजा श्रेष्ठले जितेका छन् । चानबाघ कलेजमा ११ कक्षा अध्यायनरत शाहले पुरुष तथा आर्शीवाद कलेजमा बिबिएस अध्यायनरत श्रेष्ठले महिलातर्फको उपाधि चुमेका हुन् । बिजेता दुबैले उपाधिका साथमा बिभिन्न अवसर पुरस्कारको रुपमा प्राप्त गरेका छन् ।

जमलस्थित राष्ट्रिय नाचघरमा अबेर साँझ सम्पन्न प्रतियोगितामा महिलातर्फ सागरिका श्रेष्ठ, कृष्मा सुबेदी र पुरुषतर्फ विवेक राई, अमृत पौडेल टप थ्रीभित्र पर्न सफल रहे ।

ग्रीन आर्ट मिडिया आयोजक रहेको प्रतियोगिताको यो ९औँ संस्करण हो । गोल्डेन गेट कलेजका सिइयो तथा क्यानका अध्यक्ष रमेश सिलवाल प्रमुख अतिथि रहेको प्रतियोगितामा नग्मा श्रेष्ठ मिस नेपाल अर्थ २०१२, निर्णय श्रेष्ठ गायक, प्रसान्त ताम्रकार कोरियोग्राफर, सिने गुरुङ गायिका, सुमित राना मिडिया पर्सन, मञ्जु बन्जार ढकाल मिस हेरिटेज २०१६ तथा फेसन डिजाइनर निर्णायक रहेका थिए ।

कलेज अध्यायनरत युवायुवतीको प्रतिभा निर्खादै उनीहरुलाई भविस्य निर्माणमा उचित मार्ग निर्देशन गर्ने उदेश्यले कार्यक्रम आयोजना हुँदै आएको ग्रिन आर्ट मिडियाका सिइयो प्रबिन लाकौलले बताए ।

प्रतियोगितामा मिष्टर पोटोजेनिक जोन गजमेर, मिस फोटोजेनीक सारोन मधुकर्मी, मोष्ट ट्यालेन्ट निष्टा महर्जन, मोष्ट पपुलर मोष्ट फ्रेन्डी सुजा गुरुङ, मोष्ट डिसिप्लेन दीपेश लामा, बेष्ट ड्रेस शारिका श्रेष्ठ, बेष्ट पफमेन्स फिमेल समिक्षा राई, बेष्ट पफमेन्स मेल अमृत पौडेल, बेष्ट स्माइल कृष्णा श्रेष्ठ, चामिङपर्सनालिटी मेल नेहाल राना मगर, चामिङपर्सनालिटी फिमेल कृष्मा सुवेदीले हासिल गरे ।

अनिला श्रेष्ठको कोरियोग्राफी रहेको कार्यक्रममा नेपाः डान्स एकेडेमिका हिपअप ब्वाइज, रोजिन पाण्डे, गायिका सुचित्रा गुरुङ लगायतको आकर्षक संगीतिक प्रस्तुति रहेको थियो ।