१४ कार्तिक २०८३, शनिबार

महानगरपालिकामा यी हुन् एमालेमा सम्भावित मेयरका उम्मेदवार

10.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । २०७४ वैशाख ३१ स्थानीय निकायको चुनाव हुने नहुने अन्यौल कायमै छ । प्रमुख प्रतिपक्ष एमाले चुनावमा होमिइसकेको छ ।

तर, सरकारको मुख्य घटक नेपाली कांग्रेस चुनावमा भाग लिने कुरामै द्विविधाग्रस्त देखिएको छ । एमालेका महानगरपालिका, उपमहानगरपालिका तथा गाउँपालिका पार्टी कमिटीहरू संभावित उम्मेदवार चयनको लािग भेला र बैठकमा जुटिरहेका छन् । साँघु साप्ताहिकले समाचार छापेको छ ।

यसैक्रममा राजधानी काठमाडौं मेयरका लागि एमालेबाट कसलाई उम्मेदवार बनाउने भन्ने बहस पार्टी कमिटीमा सुरु हुन थालेको छ ।

२०५४ को निर्वाचनमा एमालेले मयेर जिताएका केशव स्थापितले पार्टीका अनुशासन पटक–पटक मिचेर घाटघाट चाहारेपछि यसपटक त्यस्ता प्रवृत्तिलाई प्रश्रय दिनु नहुने आवाज एमालेमा उठेको छ । पार्टीले मेयर बनाएका स्थापितको अस्थिर स्वभावले गर्दा एमालेले यस पटक मेयरको उम्मेदवार बनाउँदा धेरै विचार पुगाएर जिम्मेवार नेताहरूलाई दिनुपर्ने नेताहरू बताउँछन् ।

एमालेले मेयर पदमा पार्टीको पदाधिकारीबाटै प्रभावशाली नेतालाई उम्मेदवार बनाउनुपर्ने दबाब महानगरका एमाले नेता कार्यकर्ताको छ । एमालेले पदाधिकारीबाटै मेयर पदमा उम्मेदवार बनाउँदा संभावित अनुहारमा सचिव योगेश भट्टराई हुन् ।

महानगरपालिकाको मेयर पदमा उनको नाम कार्यकर्ता पंक्तिमा लिन थालिएको पनि उनी स्वयंले भने त्यसबारेमा मुख खोलिसकेका छैनन् ।

एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठ काठमाडौं महानगरपालिकाको मेयरका अर्का सशक्त दाबेदार हुन् । उनको नाम पनि मेयर पदमा कार्यकर्ताले लिने गरेको छन् ।

मेयर पदमा पार्टी केन्द्रीय सदस्य जीवनराम श्रेष्ठ र विद्या सुन्दर शाक्यको नाम पनि चर्चामा छ । श्रेष्ठ र शाक्य वडाअध्यक्ष भइसकेका व्यक्ति हुन् ।

काठमाडौं महानगरपालिकाको उपमेयरमा पार्टी केन्द्रीय सदस्य सुजिता शाक्यको नाम लिन थालिएको छ । उपमेयरमा विद्या न्यौपाने र रञ्जना मास्केलगायतका महिला नेतृहरू पनि चर्चामा छन् ।