२ कार्तिक २०८३, सोमबार

ऐश्वर्य रायका पिताको निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या रायको बुवा कृष्णराज रायको मृत्यु भएको छ । उनको शनिवार दिउसो २ बजे लावती अस्पतालमा मृत्यु भएको हो । शनिबार राति नै विले पार्ले सेवा संस्थानको घाटमा अंतिम संस्कार समेत गरिएको छ ।

कृणराजलाई श्रद्धान्जली दिन बच्चन परिवारका साथै शाहरुख खान, रणबीर कपूर, रणधीर कपूर, फरहान अख्तर, आशुतोष गोवारिकर र संजय लीला भंसाली सहित बलिउडका कलाकार पुगेका थिए ।

पहिले क्यान्सर पीडित रहेका कृष्णराजलाई पुनः त्यहि समस्या देखिएपछि एक साता पहिले मुम्वइको लीलावती अस्पतलमा भर्ना गरिएको थियो । उनलाई आईसीयूमा राखिए पनि स्वास्थ्य अवस्था गम्भिर देखिएपछि भेन्टिलेटरमा सारिएको थियो ।