२ कार्तिक २०८३, सोमबार

दीपकराज गिरीको प्रश्न- साम्राज्ञीसंग फिल्मको विहे नै भएको छैन, डिभोर्स कसरी भयो ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दीपकराज गिरीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसंग फिल्मको विहे नै नभई डिभोर्सको कुरा कसरी आयो भनेर आश्चर्य व्यक्त गरेका छन् ।

दीपकराज गिरी र दिपाश्री निरौलाको समूहले निर्माण गर्ने फिल्म ‘छक्का पञ्जा फेरि’ मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अफर गरिएको र उनले फिल्म खेल्न अस्वीकार खबर सार्वजनिक भएपछि उनले मुख खोलेका हुन् ।

दीपकले आइतबार बिहानै आफ्नो फेसुबकमा स्टाटस लेख्दै भनेका छन्–

‘साम्राज्ञीले छक्का पन्जा छोडिन् भन्ने न्यूज भाइरल भएछ’ फिल्मको कथानै तैयार भै सक्या छैन, कसरी छोडिछन् ?

रिलिज भैसक्या छक्का पन्जा छोडिन पो भन्या हो कि ?
जबकि चल्तिका दुई/तीन नायिकाहरू पहिलै छन् फिल्ममा
ती नव नायिकाको नाम किन भजाउनु हाम्ले ?
साम्राज्ञीसंग फिल्मको बिहे नै भा छैन, डिभोर्सको के कुरा ?
डिभोर्स हुनलाई पहिला बिहे त हुनु पर्यो ?’

उनको यो स्टाटसले साम्राज्ञीसँग ‘छक्का पञ्जा फेरि’ खेल्नेबारे कुनै कुरा नै नभएको स्पष्ट पार्छ । दिपाश्रीले निर्देशन गर्ने फिल्मको डेट भदौ १६ लाई तोकिएको छ ।