काठमाडौं, ४ चैत । मधेसी मोर्चामा आबद्ध अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीले सरकारबाट समर्थन लिएको छ ।
समर्थन फिर्ता लिने मोर्चाको निर्णयअनुसार सदभावनाले शुक्रबार समर्थन फिर्ता लिएको हो । संसदीय दलका नेता एवं सांसद डिम्पल कुमारी झाले समर्थन फिर्ता लिएको पत्र सभामुख ओनसरी घर्तीलाई बुझाएकी छन् ।
यसअघि मधेसी मोर्चामा आबद्ध ५ दलले समर्थन फिर्ता लिइसकेका छन् ।












प्रतिक्रिया