मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोणले खेल्न लागेको फिल्म ‘बियोन्ड द क्लाउड्स’बाट हटाइएकी छन् । उनको ठाउँमा अब माल्भिका मोहननले अभिनय गर्ने छिन् ।
इरानी निर्देशक माजिद मजिदीको यस फिल्मलाई भारतीय परिवेश र कथामा निर्माण गर्न लागिएको हो । फिल्ममा नायिकाको भूमिकामा दीपिका छानिएपछि उनी छायांकनको तयारीमा थिइन् ।
निर्माण पक्षले उनको ठाउँमा नयाँ अभिनेत्री माल्भिकालाई लिएको सूचना सार्वजनिक गरेपछि दीपिका फिल्मबाट बाहिरिएकी हुन् ।
दीपिका हटाएर नयाँ नायिकालाई लिइएपछि फिल्मले यतिबेला थप चर्चा पाएको छ । बलिउड छायाँकार केयू मोहननकी छोरी माल्भिकाले आफ्ना पिताका कारण यो फिल्म पाएको बताइएकी छिन् ।
फिल्ममा नायिकाको भूमिका सशक्त भएकाले पनि छोरीलाई मोहननले यस फिल्मबाट अवसर दिएको पनि समाचारमा उल्लेख छ ।
फिल्मको निर्देशन पनि मजिदीले नै गरिरहेका छन् । यसलाई अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा समेत पठाउने गरी निर्माण गरिएको निर्माण पक्षले जनाएको छ । – एजेन्सी















प्रतिक्रिया