धनगढी, ३ चैत । नेकपा एमालेले सञ्चालन गरेको मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत विहिबार कैलाली सदरमुकाम धनगढीमा आयोजित सभामा थुप्रै पार्टी प्रवेश गरेका छन् ।
एमाले प्रचार विभागका सचिव विष्णु रिजालका अनुसार कार्यक्रममा पूर्वप्रमुख जिल्ला अधिकारी डिल्लीराज जोशी, माओवादी केन्द्रका केन्द्रीय सदस्य डम्बरबहादुर सिंहलगायत सयौँ जना एमाले प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेसलगायतका दलबाट पनि पार्टी प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्नेहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका नेताले स्वागत गरेका थिए ।












प्रतिक्रिया