काठमाडौं, ३ चैत्र । एनप्याब्सनका संस्थापक महासचिव तथा सल्लाहकार अर्जुनबहादुर अधिकारीको श्रीमती तथा एकता सदन उच्च माविकी संस्थापक विष्णुमाया अधिकारीको उपचारको क्रममा निधन भएको छ । अधिकारीको ५५ वर्षको उमेरमा सिभिल अस्पतालमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो ।
बुधबारै स्व.अधिकारीको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा हिन्दु संस्कार अनुसार दाहसंस्कार गरिएको थियो । स्व.अधिकारीको पार्थिव शरीरलाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको झण्डा ओडाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
दाहसंस्कारमा वनमन्त्री शंकर भण्डारी, पूर्व महामन्त्री गोविन्दराज जोशी, केन्द्रीय सदस्य प्रदिप पौडेल, गोविन्द भट्टराई, एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाही, शैक्षिक क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरु लगायतको उपस्थित थियो ।
स्व.अधिकारीको चार छोरी सुनीता अधिकारी, सुमिता अधिकारी, सुजिता अधिकारी र सुयोग्य अधिकारी काजक्रिया छोरीहरुले गर्ने भएका छन् । उनको श्रीमान र चार छोरी रहेका छन् । एनप्याब्सनका संस्थापक सल्लाहकार अर्जुनबहादुर अधिकारीलाई श्रीमती शोक परेको छ ।












प्रतिक्रिया