५ मंसिर २०८३, शनिबार

प्रधानमन्त्रीद्वारा मधेसी मोर्चाका नेताहरूसँग परामर्श

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न मधेसी मोर्चाका नेताहरूलाई सिंहदरबार बोलाएका छन् ।

केही समय अगाडि प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका मोर्चाका नेताहरूसँग मुलुकको समग्र राजनीतिक अवस्थाका विषयमा छलफल भइरहेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए ।

मधेसी मोर्चाले समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा दर्ता गराएलगत्तै प्रधानमन्त्री दाहालले मोर्चाका नेताहरूलाई छलफलका लागि बोलाएका हुन् ।

छलफलमा विशेष गरेर स्थानीय निर्वाचनका साथै सीमाङ्कनको विषय थाँती राखेर नागरिकता, भाषा, राष्ट्रिय सभामा प्रतिनिधित्व र जनसंख्यालाई आधार बनाउने विषयमा संविधान संशोधन गर्नेबारे परामर्श हुन सक्ने बुझिएको छ ।

यसैबीच, संघीय गठबन्धनले पनि सरकारका विरुद्ध विभिन्न कार्यक्रमहरू सार्वजनिक गरेको छ । तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा आज बसेको गठबन्धनको बैठकले चैत महिनाभरि सरकारविरुद्ध आन्दोलन गर्ने कार्यक्रम निर्णय गरेको हो ।