महेन्द्रनगर, ३ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहिद गोविन्द गौतमका परिवारलाई ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।
मेची-महाकाली अभियानअन्तर्गत विहिबार कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको सीमा रक्षा गर्ने क्रममा भारतीय सुरक्षाकर्मीबाट मारिएका सहिद गौतमका परिवारलाई एमालेले पाँच लाख दिने घोषणा गरे ।
यो रकमको चेक अध्यक्ष ओलीले महेन्द्रनगरमा आयोजित सभाबाट एमाले कञ्चनपुर जिल्ला अध्यक्ष तारालामा तामाङ्गलाई हस्तान्तरण गरे । जिल्ला अध्यक्षले गौतमको परिवारलाई रकम बुझाउनेछन् ।
सभामा अध्यक्ष ओलीले कञ्चनपुर घटनामा भारत सरकारले नेपालसँग माफी माग्नुपर्ने, दोषीमाथि कारवाही गर्नुपर्ने र पीडित परिवारलाई भारतले सम्मानजनक क्षतिपूर्ति दिनुपर्ने आफूहरुको माग रहेको जानकारी गराए ।
गत फागुन २५ गते पुनर्वासस्थित आनन्द बजारमा कल्भर्ट निर्माणको विषयमा भएको विवादले उग्र रुप लिँदा भारतीय सुरक्षाकर्मीको गोली लागेर गोविन्द गौतमको ज्यान गएको थियो ।













प्रतिक्रिया