काठमाडौं, ३ चैत । गृह राज्यमन्त्री ईन्द्र बानियाँले तोकिएको समयमा निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खड्काले ताकिएको समयमा निर्वाचन हुनेमा सबैलाई विश्वस्त हुन आग्रह गरेका हुन । सरकारले ०७४ बैसाख ३१ गते स्थानिय तहको निर्वाचनको मिति घोषणा गरेसँगै देखिएका राजनीतिक उतारचढावलाई मध्यनजर गर्दै सरकारले सुरक्षा दिने काममा कुनैपनि कसर बाँकि नराख्ने मन्त्री बानियाँले विश्वास दिलाए।
उनले भने,‘स्थानिय तहको निर्वाचन मुलुकका लागि महा उत्सव हो, यसलाई कसैले पनि रोक्न सक्दैन, जनताले आफ्नो मत हाल्ने र आफ्नो सरकार चुन्ने अवसरलाई निर्भिक, निश्चिन्त र भएरहित वातावरण सिर्जन गर्नको लागि सरकार तयार छ।’
स्थानिय तहको निर्वाचनका लागि सुरक्षा निकाय तयार रहेको बताउँदै मन्त्री बानियाँले भने,‘ चुनावको लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना तयार छ, सरकारको मात्रै जिम्मा होईन, सबैले आफ्नो काम गर्नुपर्छ, आफ्नो जिम्मेवारीलाई आत्मसाथ गर्नुपर्छ, सरकारको काम निर्वाचन गराउने हो, यसमा सरकार पूर्ण तयार छ, अहिलेसम्म सरकारले एकै समयमा तराई, पहाड र हिमालमा निर्वाचन गराउने भनेको छ हामी यसैमा तयारीका साथ लागिरहेका छौँ।’
मन्त्री खड्काले फरक प्रसँगमा प्रहरी आईजिपीको विषय जहाँ पुगेपनि प्रहरी प्रशासन प्रमुख विहिन नरहेको प्रष्ट पारेका छन् ।













प्रतिक्रिया